शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सगरमाथामा आज दुई कीर्तिमान : पाकिस्तानी र बेलायती आरोहीद्वारा रेकर्ड


  • मंगलबार, बैशाख २८ २०७८
10K
SHARES

फईल तस्बिर

यो वर्षको ‘स्प्रीङ’ सिजनमा सगरमाथा आरोहणमा गएका केही आरोहीले आज कीर्तिमान कायम गरेका छन् ।

पाकिस्तानका आरोही शेरोज खासिफले पाकिस्तान कै कम उमेरमा सगरमाथा आरोहण गर्ने पहिलो व्याक्ति बन्दै आजै रेकर्ड कायम गरेका छन् ।

उनले १९ वर्षमा सगरमाथाको सफल आरोहण गरि रेकर्ड कायम गर्न सफल भएका हुन् ।

यसैगरी आज नै ब्रिटिस मुलुकका आरोही केन्टोन कूलले पनि रेकर्ड कायम गरेका छन् । उनले ब्रिटिश नागरिकका तर्फबाट १५ औं पटक सगरमाथाको सफल आरोहण गरेर देशको सबैभन्दा धेरै सगरमाथा चढ्ने आरोही बन्न सफल भएका छन् ।

आज नै बहराइनका राजकुमारले पनि सगरमाथाको सफल आरोहण गर्न सफल भए । राजकुमार मोहम्मद हमाद अल खालिफा नेपाली समय अुनसार विहान ५:३० बजे र ६:४५ को बीचमा सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

अहिले नेपालका विभिन्न हिमालमा आरोहणका लागि ७ सयभन्दा बढी आरोही छन् । यो वर्षको ‘स्प्रिङ’ सिजनमा सगरमाथाका लागि मात्र ४ सय ८ जना आरोहीले पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् ।

४३ समूहका ३१५ पुरुष र ९२ जना महिला छन् भने १ जना अन्यलाई अनुमति दिएको विभागले जानकारी दिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा