शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

७१ बर्ष पछाडी कम्युनिष्ट हरुले प्राप्त गरेको सत्ता दक्षिणपन्थीको पाउमा चडाउन कम्मर कसेर लागे प्रचण्ड: महेश बस्नेत


  • मंगलबार, बैशाख २८ २०७८
20K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका युवा नेता तथा सांसद महेश बस्नेतले ७१ वर्षपछि कम्युनिष्टहरूले प्राप्त गरेको सत्ता अरुलाई दिलाउन प्रचण्ड लागि परेको आरोप लगाएका छन् ।

त्यस्तै उनले ‘सत्तामा रहँदा भ्रष्टाचार, अनियमितता र कुशासन दिने कांग्रेस नेताहरूको नौटंकी फेरि देखिन थालेको’समेत टिप्पणी गरेका छन्।

७ बुँदामा आफ्ना भनाइ राख्दै बस्नेतले माधव नेपालदेखि बाबुराम भट्टराईसम्मको आलोचना गरेका छन् ।
फेसबुकमा उनले लेखेका छन्-

१) ७१ बर्ष पछाडि कम्युनिष्टहरूले प्राप्त गरेको सत्ता दक्षिणपन्थीको पाउमा चढाउन कम्मर कसेर लागेका प्रचण्डहरुको क्रान्तिकारीपन पनि देखियो।

२) जनताको प्यारो पार्टी फुटाएर भएपनि उग्रवामपन्थी र दक्षिणपन्थीको घोडा बन्न तयार माधव नेपालहरुको विधि र अनुशासन पनि देखियो।

३) विगतमा सत्तामा रहँदा भ्रष्टाचार, अनियमितता र कुशासन दिने कांग्रेस नेताहरूका नौटंकी फेरि देखिँदैछ।

४) पद र पैसा भने पछि जीउज्यान छाड्ने आफू मन्त्री होउन जेल त्यही सरकार क्रान्तिकारी र आफू भ्रष्ट र असफल भएर फालिएपछि प्रतिगामी, संविधान संशोधन र मधेसी आन्दोलनका मुद्दामा मतलब छैन । कुर्सिको लागि जे पनि गर्ने उपेन्द्र यादवको मधेस मोह पनि हेरियो ।

५) आठ वटा पार्टी फेरेर प्रवेश गरेको जसपालाई फोर्न प्रचण्ड र रामचन्द्रहरूको गोटी बन्ने आफ्नो सांसदहरूलाई एक ठाउँमा राख्न नसक्ने अनि प्रधानमन्त्री र राष्ट्रपतिलाई सराप्ने बाबुरामको कुण्ठा पनि देखियो ।

६) राष्ट्रियता जनताको विकास, समृद्धि र कोभिडको महामारीविरुद्ध सशक्त नेतृत्व दिन सक्ने एमाले र प्रधानमन्त्री केपी ओली नै हो, कुनै भ्रममा नपरी अभियान बनाएर लागौं ।

७) स्याल हुँइया गर्नेहरूको भविश्य छैन, आवश्यक प्रतिरोध गरौं ।

https://www.facebook.com/MaMaheshBasnet/posts/326264255529803


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा