शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

ट्रकले साइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु


  • मंगलबार, बैशाख २८ २०७८
12.2K
SHARES

फाईल तस्बिर

दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ ।  हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल  र उनकी श्रीमती ४० वर्षीया सुनीतादेवी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै  गरेको ना६ख ३८६१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार मण्डल दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

साइकलमा सवार मण्डल दम्पती घाइते भई दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल भारदह लैजाने क्रममा दुवै जनाको बाटोमा मृत्यु भएको काफ्लेले जानकारी दिए ।

शव परीक्षण लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याइएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा