शनिबार, साउन ९ २०८३
ताजा अपडेट

माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै


  • मंगलबार, बैशाख २८ २०७८
9.3K
SHARES

फाईल तस्बिर

नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बस्न लागेको स्थायी समिति सदस्य युवराज ज्ञवालीले जानकारी दिए ।
‘भौतिक रुपमा बस्न समस्या भएकाले भर्चुअल गर्ने कि के गर्ने भन्नेमा छलफल हुँदैछ । अपरान्ह २–३ बजे तिरको समय मिलाउने कुरा भएको छ’, ज्ञवालीको भनाइ छ ।

सो समूहका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएका थिएनन् ।
त्यसपछि सोमबार राति नेता नेपालले  विगतका काम कारबाहीका कारण ओलीलाई कुनै पनि हिसावले विश्वासको मत दिन उपयुक्त नदेखिएकाले मत नदिएको प्रस्टीकरण दिएका थिए ।

राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा लगायत कुनैपनि दृष्टिबाट विश्वासको मत दिन उचित नभएको उनको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा