शनिबार, साउन ९ २०८३
ताजा अपडेट

माथिल्लो तामाकोशी घाटामा


  • मंगलबार, बैशाख २८ २०७८
18.6K
SHARES

फईल तस्बिर

माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा साढे ३ करोड घाटामा पुगेको छ । राष्ट्रिय गौरवको आयोजना रुपमा रहेको माथिल्लो तामाकोशी चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड ५० लाख रुपैयाँ नोक्सानीमा गएको हो ।

गत वर्ष पनि कम्पनी ४ करोड ४४ लाख रुपैयाँ नोक्सानीमा थियो । हाल आयोजनाको निर्माण कार्य भने चरणमा पुगेको छ । यसको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ शीर्षक ८२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ ।

कम्पनीको ४० अर्ब ५ करोड रुपैयाँ दीर्घकालीन ऋण रहेको छ । यस अवधिमा कम्पनीले अन्य स्रोतमार्फत १ लाख ३० हजार रुपैयाँ मात्र आम्दानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३३ पैसा ऋणात्मक छ ।

गत वर्ष यसको प्रतिसेयर आम्दानी १९ पैसा ऋणात्मक थियो । यसको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ २० पैसा छ । दोलखामा ४ सय ५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको यस कम्पनीले आउँदो जेठ महिनाको दोस्रो हप्ताबाट मात्र बिद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा