शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

ओलीको जवाफ : ‘हलो अड्काउने गोरु पड्काउने’ अवस्था किन ?


  • सोमबार, बैशाख २७ २०७८
16.3K
SHARES

फाईल तस्बिर

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेका छन् ।

प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै विश्वासको मत दिन आग्रह गरेका हुन् ।

उनले अविश्वासको प्रस्ताव आउँछ भनेर आफू अढाइ महिना पर्खे पनि अविस्वासको प्रस्ताव नआएको बताए ।

उनले भने, ‘दौडधुप मात्र चलेको छ के के न भएजस्तो । जनता कति आउँदारैछन् भनेर मैले सभा गरेर देखाइदिएको हो ।’

अहिले मैले विश्वासको मत किन लिएको भन्दा मुलुकलाई अस्थिरता तर्फ नलैजान हो । उनले जहिले पनि विरोध गरेको तर विकल्प दिएको आरोप लगाए ।

उनले भने, ‘कुराले च्यूरा बिक्दैन । हामीलाई स्थिरता चाहिएको हो भने सहमतिअनुरुप अघि बढौँ, होइन भने स‌ंविधानअनुरुप अघि बढौँ । उपयुक्त ढंगले देशलाई अगाडि बढाऔँ । यति गर्दा पनि धन्यवाद भन्नु छैन ।’

‘विश्वासको मत भनेको संसद बाहिर भनेको कुरा होइन, म कसैलाई आरोप लगाइरुहेको छैन । संसदको विश्वास म माथि छैन भने मैले मार्ग प्रशस्त गरिदिनुपर्छ । संसदको आदेशसँगै मार्ग प्रशस्त भैहाल्छ । म स्थायित्वका लागि यहाँ आएको हुँ ।’

उनले सबै पक्षलाई मिलाएर अघि जान्छु भन्दा म अघि बढ्छु भन्ने हक राख्छु तसर्थ विश्वासको मत मागेको हो ।

उनले भने, ‘म पनि बुझ्छु, कस्को उपस्थिति छ कस्को छैन, किन छैन ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा