शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

विश्वासको मत लिने कुरा नाटकीय-नाटकीय जस्तो लाग्छ : प्रचण्ड


  • सोमबार, बैशाख २७ २०७८
13.5K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो सदनसँग विश्वासको मत माग्नै नैतिक अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘यो सदनसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्री जी ?’

फेरि संसद विघटन गर्न खोजेको आशंका जनतामा भएको उनले दावी गरे । ‘तपाईंमाथि जनताले फेरि प्रतिनिधिसभा विघटन गर्न खोज्नु भएको होइन भन्ने शंका जनताले गरेका छन्,’ प्रचण्डले भने।

समर्थन फिर्ता लिँदा फेरि संसद विघटन गर्ने हुन कि भन्ने डरले आफूहरुले तत्कालै सर्मथन फिर्ता नलिएको प्रचण्डको भनाइ छ।

‘७६ (२) को सरकार भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्थ्यो,’ उनले भने, ‘तपाईं विश्वासको मत लिनुपर्ने ठाउँमा समर्थन फिर्ता किन नलिएको भन्नुभयो । समर्थन फिर्ता लिँदा फेरि यसलाई विघटन गर्नुहुन्छ कि भनेर हामीले डरले मात्रै नलिएको हो ।’

उनले अहिले विश्वासको मत लिने प्रक्रिया स्वभाविक नलाग्ने पनि बताए। ‘तपाईंले यो विश्वासको मत लिने कुरा स्वभाविक लाग्दैन । प्राकृतिक लाग्दैन। नाटकीय-नाटकीय लाग्छ,’ प्रचण्डले भने।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा