शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्रधानमन्त्रीलाई देउवाको कटाक्ष : रेल, पानी जहाज, घरघरमा ग्यासको पाइप भन्ने युक्ति कहाँ गए ?


  • सोमबार, बैशाख २७ २०७८
11.5K
SHARES

फाईल तस्बिर

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो भन्दै रेल, पानी जहाज, घरघरमा ग्यासको पाइप भन्ने युक्ति कहाँ गए ? भन्दै प्रधानमन्त्रीको कडा आलोचना गरेका छन ।

प्रतिपक्षी नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री केपी ओलीलाई देश र जनताका हितमा काम गर्न कहाँ कसले रोक्यो भन्ने प्रश्न समेत गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै देउवाले यस्तो बताएका हुन्।

थाहा पाउँदापाउँदै केपी ओलीले विश्वासको मत मागेको भन्दै यो परिस्थितिका लागि स्वयं प्रधानमन्त्री जिम्मेवार हुनुपर्नेमा देउवाको भनाइ छ। ‘हाम्रो संविधानले प्रधानमन्त्रीलाई कार्यकारीको सम्पूर्ण अधिकार दिएको छ। देश र जनताका हितमा काम गर्न उहाँलाई कसले कहाँ रोक्यो,’ उनले भने।

उनले संविधान निर्माण भइसकेपछि पहिलो संसदीय निर्वाचनमा तत्काल एमाले र माओवादीको गठबन्धन मिलेर सरकार बनेको भन्दै तीन वर्ष नपुग्दै बहुमत पाएको प्रधानमन्त्रीले विश्वासको मत माग्नु विडम्बना भएको बताए। उनले भने,’ यो परिस्थितिका लागि स्वयं प्रधानमन्त्री जिम्मेवार हुनुपर्छ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा