शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

ओलीलाई देउवाको प्रश्न– आफू कार्यकारी प्रधानमन्त्री, भएभरका दोष अरुलाई दिन मिल्छ ?


  • सोमबार, बैशाख २७ २०७८
13.1K
SHARES

फाईल तस्बिर

कांग्रेस सभापति शेरबहादुर देउवाले आफू कार्यकारी प्रधानमन्त्री भएर अरुलाई दोष नथोपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीसंग आग्रह गरेका छन् ।
प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिदैं प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका देउवाले प्रधानमन्त्री ओलीकै कारण आजको अवस्था आइपरेको बताए ।

‘आफू कार्यकारी प्रधानमन्त्री हुने अनि अरुमाथि दोष थोपर्ने रु अरुमाथि गुनासो र दोष थोपरेर जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न पाउनुहुन्छ ?’, देउवाको प्रश्न थियो ।

‘३ वर्षअघि एमाले र माओवादी मिलेर गठबन्धन गरेर झण्डै दुई तिहाई बहुमत ल्याएर प्रधानमन्त्रीजीले सरकार बनाउनुभएको छ । आज उहाँ विश्वासको मत माग्नुपर्ने अवस्थामा पुग्नुभएको छ । यसका लागि उहाँ नै जिम्मेवार हुनुहुन्छ’, देउवाले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा