प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन हुनसक्ने बताउनुभको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विश्वासको मतका लागि आह्वान गर्दै उहाँले आवश्यकताका आधारमा संविधान संशोधन हुने बताउनुभयो । देश र जनताको चाहनालाई समेटेर समयानुकुल ढङ्गले संशोधन हुन सक्ने उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कुनै पनि पक्षमा विश्वास नगर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । मुलुकका सार्वभौतसत्ता, राष्ट्रियता र देश विकासका लागि अहिलेको सरकारलाई विश्वास गर्नुपर्ने उहाँको भनाइ छ ।
नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा गरिने भूमिकालाई हेर्ने हो भने अहिलेको सरकार अब्बल रहेको उहाँको दाबी छ । उहाँले अहिले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको बारेमा बहस हुन थालेको जिकिर गर्नुभयो ।
समस्याहरूको गीत मात्र गाएर नभइ समस्याको समाधान गर्न दृढताका साथ अघि बढेको ओलीले बताउनुभयो । नेपालमा आधारभूत रुपमा संविधान मान्दिन भन्ने कुनै पनि कुरा नभएको उहाँको जिकिर छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।