शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

संसदमा नेपाल पक्षका सांसदको सिट खाली !


  • सोमबार, बैशाख २७ २०७८
6K
SHARES

फाइल तस्बिर

नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरू संसदमा अनुपस्थित भएका ‍छन् ।

सोमबार सिंहदरबारमा बसेको नेपाल समूहका सांसदहरुको बैठकले प्रधानमन्त्रीले विश्वासको मत दिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको थियो ।

सोही अनुसार सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरु सहभागी भएनन् । नेपाल समूहका कति जना सांसद अनुपस्थित भएका छन् भन्ने खुलेको छैन ।

प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल नेकपा एमालेको लहरमा माधव नेपाल पक्षका सांसदको सिट खाली देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसद बैठकमा बोल्दै आफूलाई विश्वासको मत मागेका छन्


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा