प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नभएको बताएका छन्।
सोमबार प्रतिनिधिसभामा आफ्ना लागि विश्वासको मत माग्दै ओलीले आफूलाई विश्वास नगर्नुपर्ने कुनै कारण नभएको दाबी गरेका हुन्।
उनले राष्ट्रियता, स्वाधिनता, भौगोलिक अखण्डताको रक्षा र पहरेदारीमाथि उठाउने विषयमा कुनै कसर बाँकी नराखेको बताए।
विचारकै कारणले सरकारलाई अविश्वास गर्नुपर्ने कारण नरहेको भन्दै उनले सुशासन, शान्ति सुव्यवस्था र राष्ट्रिय समस्या समाधान सरकारले गरेको दाबी गर्दै उनले सरकारमाथि अविश्वास गर्नुपर्ने कारण नै नभएको उनले जिकिर गरेका हुन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।