शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

रोकियो माधव नेपाल समूहका सांसदको राजीनामा, संसदमा भने् अनुपस्थित रहने


  • सोमबार, बैशाख २७ २०७८
9.3K
SHARES

फाईल तस्बिर

नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् । नेकपा एमालेका माधव नेपाल पक्षले तत्काल सांसदबाट राजीनामा नदिने समेत भएका छन् ।

तर उनीहरु आज बस्ने संसद बैठकमा पनि नजाने भएका छन् । सिंहदरबारमा बसेको नेपा पक्षीय सांसदहरुको बैठकले सामूहिक राजीनामा पनि नदिने र संसदको बैठकमा पनि नजाने निर्णय गरेका हुन् ।

आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने कार्यक्रम छ ।

ओलीले लिन लागेको विश्वासको मतका विपक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरु उभिने भएका छन् ।

नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित हुँदा ओलीले विश्वासको मत पाउने सम्भावना कम रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा