शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

माधव–झलनाथ निकट सांसदहरुको बैठक सिंहदरबारमा सुरु


  • सोमबार, बैशाख २७ २०७८
37K
SHARES

तस्विरः फाइल

नेकपा(एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । संघीय संसद सचिवालय सिंहदरबारमा सुरु भएको बैठकमा संघीय संसदमा सोमबार हुने विश्वासको मत र पार्टी एकताको लागि दिएको समयसीमाको विषयमा छलफल हुँदैछ ।

बिहान साढे नौ बजे बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो । आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएका उनीहरुले यसको बारेमा थप छलफल गर्नको लागि बैठक बस्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनको लागि बोलाएको संसद विशेष अधिवेशन दिउँसो १ बजे बस्दैछ । साढे ९ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको बैठकअघि माधव झलनाथ पक्षका केही सांसदहरुले राजीनामा दिने/नदिने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा