शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

पिएसजीले अङ्क बाँड्यो


  • सोमबार, बैशाख २७ २०७८
7.7K
SHARES

फाइल तस्बिर

फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन पिएसजीले रेन्नेजसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । आइतबार राति रेन्नेसको मैदानमा पिएसजीका लागि नेयमारले तथा रेन्नेजका लागि सर्हौ गुइरेसीले एक–एक गोल गरे ।

पहिलो हाफको इन्ज्युरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाए । ७०औँ मिनेटमा गुइरेसीले गोल गरेपछि घरेलु टोली बराबरीमा फर्कियो ।

खेलको ८७औँ मिनेटमा प्रिसनेल किम्पेम्बेले रातो कार्ड खाँदै मैदान छोडेपछि पिएसजी दस खेलाडीमा सीमित बनेको थियो । र, बाँकी समय गोल नहुँदा पिएसजी अङ्क बाँड्न बाध्य भयो ।

बराबरीसँगै दोस्रो स्थानको पिएसजीले ३६ खेलमा ७६ अङ्क जोडेको छ । रेन्नेस भने ५५ अङ्कका साथ सातौँ स्थानमा छ । अब, लिगमा दुई खेल मात्र बाँकी रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा