स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिड सेभिल्लासँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल र सेभिल्लाले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।
रियलको मैदानमा सेभिल्लाका लागि फर्नान्डो र इभान राकिटिकले एक–एक गोल गरे भने रियलका मार्को एसेन्सियो र इडेन हाजार्डले समान एक गोल गरे ।फर्नान्डोले खेलको २२औँ मिनेटमा गोल गरेपछि सेभिल्लाले सुरुआती अग्रता बनाएको थियो । ६७औँ मिनेटमा एसेन्सियोले गोल गरेपछि रियल खेलमा फर्कियो ।
७८औँ मिनेटमा राकिटिकले पेनाल्टीमा गोल गर्दै पुनः सेभिल्लालाई अग्रता दिलाएका थिए । खेलको इन्ज्युरी समयमा हाजार्डले गोल गरेपछि रियल सम्भावित हारबाट जोगियो ।
यस बराबरीसँगै रियल बार्सिलोनालाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको छ । उसले ७५ अङ्क जोडेको छ । समान अङ्क भएको बार्सिलोना तेस्रो स्थानमा छ ।शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग ७७ अङ्क छ । रियल बराबरीमा रोकिँदा एथ्लेटिकोलाई फाइदा पुगेको छ । ऊ उपाधि होडमा अब्बल बनेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।