स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र सेभिल्लाले बराबरी खेलेका छन् ।
बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड सेभिल्लासँग २–२ को बराबरीमा रोकिएको हो ।
अवे मैदानमा भएको खेलमा सेभिल्लाले २२औँ मिनेटमा रिगेसको गोलबाट अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा अंक बाढ्नु पर्यो ।
६७औँ मिनेटमा गोल गर्दै मार्को एसेन्सिओले रियललाई बराबरीमा ल्याए । त्यसको ११ मिनेटपछि सेभिल्लाले फेरि अग्रता लियो । ७८औँ मिनेटमा रेकिटिकले पेनाल्टीमा गोल गर्दै सेभिल्लालाई अग्रता दिलाए ।
इन्जुरी समयको चौथो अर्थात ९४औँ मिनेटमा इडन हजार्डले गोल गरि रियल मड्रिडलाई हारबाट जोगाए ।
बराबरीसँगै रियल दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ३५ खेलबाट ७७ तथा दोस्रो स्थानको रियल मड्रिड र तेस्रो स्थानको बार्सिलोनाको समान ७५ अंक रहेको छ ।
चौथो स्थानको सेभिल्लाको ७१ अंक छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।