आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

कोरोनाबाट पछिल्लो २४ घण्टामा ८८५० संक्रमित, ५२ जनाको मृत्यु


  • आइतबार, बैशाख २६ २०७८
8.7K
SHARES

फाइल तस्विर

बैशाख २६ । नेपालमा आइतबार एकैदिन ८ हजार ८ सय ५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ पीसीआर परीक्षणबाट ८ हजार ७ सय ७७ तथा ५ सय ६ एन्टिजेन परीक्षणबाट ७३ जना गरी परीक्षणको ४६ प्रतिशतमा संक्रमण भएको हो ।

थपिएकामा काठमााडौं उपत्यकाका मात्र ४ हजार १ सय ९८ जना हुन् ।

जसमा काठमाडौंका ३ हजार १ सय ६१, ललितपुरका ५ सय ३३ तथा भक्तपुरका ५ सय ४ जना हुन् ।

आइतबार ४ हजार २२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने दर घटेर ७६ दशमलव ७ प्रतिशतमा झरेको छ ।

आइतबार ५२ जनाको मृत्यु भएको छ । मन्त्रालयले विभिन्न समयमा थप २६ जनाको पनि मृत्यु भएको भनी कुल मृतकमा थपेको छ ।

अहिलेसम्म कोरोनाबाट नेपालमा ३ हजार ७ सय १० जनाको मृत्यु भएको छ ।

८ सय ३२ जना आइसीयूमा रहेकामध्ये २६७ भेन्टिलेटरमा छन् । हाल ८८ हजार १ सय ६० जना सक्रिय संक्रमित रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा