आइतबार, कार्तिक १६ २०८३
ताजा अपडेट

सरकारले कुनैपनि हालतमा अक्सिजनको अभाव हुन दिदैन : मन्त्री मानन्धर


  • आइतबार, बैशाख २६ २०७८
8K
SHARES

फाइल तस्विर

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोभिड–१९ महामारीमा अत्यावश्यक पर्ने अक्सिजनको अभाव हुन नदिने बताएका छन ।
बालाजुस्थित जनमैत्री अस्पतालको आज अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको बताएका हुन ।

मन्त्री मानन्धरले वर्तमान सरकारले महामारी नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गरिरहेकोले अक्सिजनको अन्य क्षेत्रमा यसको खपत नगर्न उद्योगी तथा व्यवसायीलाई अनुरोध गरे ।

उनले देशभरका ठूला निजी अस्पताललाई आपत्कालीन रुपमा कोभिड अस्पताल बनाउन आग्रह गर्दै बिरामीको उपचारमा लाग्ने आवश्यक आर्थिक तथा प्राविधिक सहयोग राज्यले गर्ने आश्वासन दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा