शनिबार, साउन ९ २०८३
ताजा अपडेट

लुम्बिनीका विपक्षी गठबन्धनद्वारा विशेष अधिवेशन माग


  • आइतबार, बैशाख २६ २०७८
8.9K
SHARES

फाइल तस्विर

लुम्बिनी प्रदेशका विपक्षी दलले विशेष अधिवेशनको माग गरेका छन् ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका ४० सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध आजै अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

सोही अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष विशेष अधिवेशन आव्हानको माग गरिएको छ ।

विपक्षी गठबन्धनले पोखरेललाई गरिएको मुख्यमन्त्री पुनर्नियुक्ति प्रक्रियासम्वत नरहेको बताउँदै आएका छन् । उनीहरूले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीको प्रस्ताव गरेका छन् ।

पोखरेलविरुद्ध यसअघि पनि अविश्वास प्रस्ताव दर्ता दर्ता भएको थियो । तर, राजीनामा दिएर एमालेको एकल बहुमतमा पोखरेलले नयाँ सरकार गठन गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा