शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित


  • आइतबार, बैशाख २६ २०७८
17.5K
SHARES

फाइल तस्विर

कोरोना भाइरस महामारीका कारण विवेकशील साझा पार्टीले जेठ अन्तिम साता तय गरेको एकता महाधिवेशन स्थगित गरेको छ ।

तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत वर्ष मङ्सिर २४ गते एकता हुँदा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो ।

तर शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले कोरोना भाइरस सङ्क्रमणको तीव्र फैलावटले प्रतिकूल अवस्था सिर्जना गरेको र ठूलो सङ्ख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले जेठमा महाधिवेशन गर्न नसिकने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

बैठकले परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को तिथि तय गर्ने निर्णय गरेको छ ।

विवेकशील साझा पार्टीले कोरोना कहरले सिर्जना गरेको यो परिस्थितिसँग जुध्न सरकारलाई सक्दो मद्दत गर्ने निर्णय पनि गरेको प्रवक्ता पाठकले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा