शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

बालुवाटारमा महन्थ–राजेन्द्रले सुनाए तटस्थ बस्ने निर्णय, प्रधानमन्त्रीले विश्वासको मत नपाउने


  • आइतबार, बैशाख २६ २०७८
21.1K
SHARES

फाइल तस्विर

जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने जानकारी गराएका छन् ।

आइतबार बिहान ओलीलाई भेट्न बालुवाटार पुगेका ठाकुरले विश्वासको मत नदिने बरू तटस्थ बस्ने जानकारी गराएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए ।

जसपाका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले यसअघि नै ओलीलाई साथ नदिने बताइसकेका छन् । ठाकुर र महतोले पनि साथ नदिने भएपछि प्रधानमन्त्रीले विश्वासको मत नपाउने पक्का भएको छ । एमालेकै माधव नेपाल पक्ष, नेपाली कांग्रेस र माओवादी केन्द्र पनि ओलीको विपक्षमा उभिएका छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार (वैशाख २७ गते) संसदको विशेष अधिवेशन बोलाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा