आइतबार, कार्तिक १६ २०८३
ताजा अपडेट

संवैधानिक आयोगका रिक्त पदका लागि सिफारिस


  • आइतबार, बैशाख २६ २०७८
9K
SHARES

फाइल तस्विर

संवैधानिक परिषद्ले रिक्त संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

आज बसेको परिषदको बैठकले लोकसेवा आयोगलगायत संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा विभिन्न व्यक्तिको नियुक्तिका लागि सिफारिस गरेको परिषद सदस्य रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

कुन आयोगमा कसको सिफारिस भन्ने खुलेको छैन् ।

आजको बैठकमा प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरा सहभागी थिए। तर प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा सहभागी थिएनन्।

सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबिनै परिषद बैठक बस्न सक्ने गरी सरकारले संवैधानिक परिषद अध्यादेश ल्याएपछि कांग्रेसले उक्त अध्यादेशको विरोध गरिरहेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा