एजेन्सी : समुद्र भित्र कयौँ यस्त अनौठा जीव रहेका हुन्छन् जसलाई देखेर तपाईँ पनि चकित पर्नुहुन्छ । समुद्रमा कति किसिमका जीव छन् अहिलेसम्म पत्ता लागिसकेको छैन ।
हामीले आज चर्चा गर्न लागेको एउटा अद्भुत जनावरको बारेमा हो । जसको विशेषता थाहा पाएर तपाईँ पनि चकित पर्नुहुन्छ । यस जीवको बारेमा आश्चर्यचकित बनाउने खुलासा बैज्ञानिकहरुले गरेका छन् ।
यस जीवको खोज पृथ्वीबाट एक दिन सबै कुरा समाप्त हुन्छ भन्ने कुरालाई पनि गलत सावित गरिदिएको छ। यस जीवको नाम वैज्ञानिकले अनश्वर दिएका छन् । यस जीवलाई वैज्ञानिकले ‘जल रिछ’ को नाम दिएका छन् ।
यो जीव ब्रह्माण्डमा खोजिएका सबै ग्रहमा सजिलै रहन सक्छ । यस जीवको सबैभन्दा ठुलो विशेषता भनेको यो केही पनि नखाइ ३० वर्षसम्म जीवितै रहन सक्छ । यो अद्भुत जीव १५० डिग्रीको तापक्रममा पनि बाँच्न सक्छ । यो अद्भुत जीव समुद्रमा पाइन्छ ।
गहिरो समुद्रमा पनि यो सजिलैसँग बाँच्न सक्छ । अर्थात् यसको शरिरमा पानीको कुनै दबाब पर्दैन । यस जलचर जीवको जीवन यति धेरै कठोर हुन्छ कि एक पटक सुरु भएपछि सजिलैसँग समाप्त हुन सम्भव नै छैन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।