प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कानून दिवस, २०७८ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले यस दिवसले न्याय, समानता र विधिको शासनको प्रत्याभूतिका लागि क्रियाशील रहन सबैमा थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यो दिवस कानून र न्याय क्षेत्रका लागि मात्र नभई सबै क्षेत्र र नागरिकको तहसम्म पनि त्यत्तिकै महत्वपूर्ण भएकाले यसलाई राष्ट्रिय पर्वकै रुपमा मनाउन प्रधानन्यायाधीश राणाले आग्रह गर्नुभएको छ ।
विसं २००९ मा आजकै दिन प्रधान न्यायालय स्थापना भएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।