शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कांग्रेसले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव नल्याउने, ओलीलाई विश्वासको मत पनि नदिने


  • शनिबार, बैशाख २५ २०७८
10.7K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव नल्याउने बताएको छ।
शनिबार नयाँ बानेश्वरस्थित संसदको ल्होत्से हलमा बसेको ससदीय दलको बैठकले अहिले प्रधानमन्त्री ओलिविरूद्ध अविश्वास प्रस्ताव ल्याइरहनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो।

ओली स्वयंलेनै विश्वासको मत लिन खोजिरहेको र उनलाई विश्वासको मत नपुग्ने देखिएपछि कांग्रेसले तत्काल अविश्वास प्रस्ताव ल्याउनु आवश्यक नभएको भन्दै पार्टीले गृहकार्य नगरेको प्रस्टाएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई व्हीप जारी गरेको छ।

बैठकले आगामी सोमबार आव्हान गरिएको प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो। साथै बैठकले मुलुकलाई असफलताबाट बचाउनका लागि प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्न संसदका सबै राजनीतिक दलहरुलाई पनि आग्रह गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए।

‘संसदीय दलको बैठकले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ चैत २१ गतेको बैठकले सर्वसम्मतले पारित प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव अनुमोदन गर्छ। प्रतिनिधिसभाको आसन्न अधिवेशनमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओली माथि विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्ने तथा नेपाली कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्ने निर्णय गरेको छ’, उनले भने, ‘साथै प्रधानमन्त्री ओलीमाथि विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्नका लागि संसदका सबै राजनीतिक दलहरुलाई हामी आग्रह गर्दछु।’

साथै कांग्रेले प्रधानमन्त्री ओलिविरूद्ध वैशाख २७ मा मतदान गर्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय पनि गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सेतोपाटीलाई बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा