शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बूढानीलकण्ठका सडक कुकुरलाई खाना खुवाइयो (फोटोफिचर)


  • शनिबार, बैशाख २५ २०७८
24.5K
SHARES

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ११, १२ अन्तर्गत रहेका सडक कुकुरलाई खाना खुवाइएको छ ।

स्थानिय युवा तथा वडा नम्वर ११ को सहयोगबाट ग्राम शिक्षा मन्दिर स्काउट ट्रुप–क्रिउले शनिबारदेखि सडक कुकुरलाई खाना खुवाउन थालेको हो ।


वडा नम्वर ११ ले खाद्यान्न सहयोग गरेका छ भने वडा नम्वर ११ का स्थानिय प्रकाश कटुवालले ग्यास तथा अन्य खाद्यान्न सहयोग गरेका छन् ।


बैशाख १६ गतेबाट निषेधाज्ञा सुरु भएसंगै सडक कुकुरहरुले खाना नपाइरहेको अवस्थालाई मध्यनजर गर्दै खाना खुवाउने अभियान सुरु गरिएको ग्राम शिक्षा मन्दिर स्काउट ट्रुप–क्रिउका रोभर लिडर राज कुमार खड्काले बताए । हरेक दिन वडा नम्वर ११, १२ तथा कपन आसपासका ठाउँहरुमा १ महिनाको लागि खाना खुवाउने अभियान सुरु गरेका छौँ । स्थानिय युवाहरुको साथ, सहयोगमा यस अभियानलाई सफल बनाउँन प्रविवद्ध भएर लागेका छौँ खड्का भन्छन् ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा