आइतबार, कार्तिक १६ २०८३
ताजा अपडेट

१९ सयको अक्सिमिटर ३५ सयभन्दा बढीमा बेचेको आरोपमा पर्सामा व्यापारी पक्राउ


  • शनिबार, बैशाख २५ २०७८
8.8K
SHARES

फाइल तस्विर

अक्सिमिटर कालोबजारी गरेको आरोपमा पर्साबाट एक जना औषधी पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

पर्सा वीरगन्ज महानगरपालिका-१६ नगवाका ३२ वर्षीय रामहरि तिवारीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

तिवारीलाई घरैबाट शुक्रबार अपरान्ह पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए। तिवारी घरमा औषधी पसल चलाउँथे।

तिवारीले १९ सय रुपैयाँमा पाइने अक्सिमिटर ३५ सय भन्दा बढी मूल्यमा बिक्री गरेको पाइएको खनालले बताए।

तिवारीको पसलबाट प्रहरीले १२ थान अक्सिमिटर बरामद गरेको छ।

तिवारीलाई कालोबजारी ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइने खनालले बताए।

‘कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीमा उनले महंगोमा अक्सिमिटर बिक्री गरेको जानकारी आएपछि प्रहरीले पक्राउ गरेको हो,’ खनालले भने।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा