शनिबार, साउन ९ २०८३
ताजा अपडेट

ओली पक्षले फागुन २८ को निर्णयबाट पछि नहट्ने अडान राखेपछि बालुवाटार बैठकमा भएन सहमति


  • शनिबार, बैशाख २५ २०७८
11K
SHARES

फाइल तस्विर

प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका नेताहरुबीच आज बालुवाटारमा छलफल भएको छ।
छलफलमा ओली पक्षबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए भने नेपाल पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट थिए।

छलफलमा नेपाल पक्षले २०७५ जेठ २ को अवस्थालाई आधार मान्नुपर्ने प्रस्ताव दोहोर्‍यायो भने ओली पक्षले फागुन २८ को निर्णयबाट पछि हट्न नसक्ने अडान दोहोर्‍यायो। सहमतिको लागि दुवै पक्षले प्रयास गर्नुपर्नेमा ओली पक्षले जोड दिएको छ।
छलफल सकारात्मक दिशामा गए पनि सहमति भने नभएको बैठकमा सहभागी नेता योगेश भट्टराइले सेतोपाटीलाई बताए। ओली पक्षले ओलीसँग र नेपाल पक्षले नेता नेपालसँग छलफल गरेर फेरि बस्ने सहमति भएको छ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि २७ गते संसद बैठक बोलाएका छन्। विश्वासको मत दिनका लागि नेपाल पक्षले असहयोग गर्ने रणनीति बुनिरहेका बेला ओली पक्ष फकाउने प्रयासमा छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा