शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

राजेन्द्र महतो पनि प्रधानमन्त्रीलाई बिस्वासको मत नदिने मनसायमा


  • शुक्रबार, बैशाख २४ २०७८
16.4K
SHARES

फाईल तस्बिर

संसदको अंकगणितमा निर्णायक देखिएको जनता समाजवादी पार्टी नेपालभित्र प्रधानमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा बहुमत सांसदहरू उभिने निश्चित भएको छ ।

अध्यक्ष महन्थ ठाकुरको पक्षमा रहेका नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिन राजी भएको स्रोत बताउछ ।

पार्टीले राखेका माग पूरा गरेमा सरकारलाई समर्थन दिने पक्षमा उभिँदै आएका महतोले सरकारले सबै माग पूरा नगरेको भन्दै विश्वासको मत दिन नसकिने कित्तामा आफूलाई उभ्याएका हुन् ।

पार्टीका माग सबै पूरा भएको भए समर्थन दिनसक्ने कुरा थियो । यथास्थितिमा सरकारलाई विश्वासको मत दिन उपयुक्त नहुनेमा हामी पुगेका छौं’, महतोनिकट एक नेता बताउछन ।

जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई लगायतका नेताहरू पहिलेदेखि नै सरकारको विपक्षमा छन् । यादव-भट्टराई पक्षले कार्यकारिणी बैठक आयोजना गरी बहुमतबाट सरकारविरुद्ध अविश्वास प्रस्ताव आए समर्थन गर्ने निर्णय लिइसकेको थियो । महतो पनि सोही पक्षमा उभिने भएपछि अध्यक्ष ठाकुर अल्पमतमा पर्ने देखिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा