रोगले ठुलो,सानो जात धर्म धनि गरीब केहि भन्दैन । जोकोहीलाई पनि जुनसुकै समयमा रोगले आक्रमण गर्न सक्छ । तर, आफूसँग प्रतिरोधात्मक क्षमता बलियो भयो भने जस्तोसुकै रोगलाई पनि परास्त गर्न सकिन्छ ।
खानपानमा विशेष ध्यान दिने हो भने रोगसँग लड्ने क्षमता बढ्छ । कोरोना संग मात्र नभई राम्रो खानपानले सबै रोगहरुसंग लड्न सहयोग गर्छ । त्यसले खान पान ब्यबहारमा ध्यान दिन जरुरी छ ।
यस्तो समयमा घरमै पकाएर तातो खानेकुरा खाने । बाहिरको खानेकुरा सकभर नखाने। घरमै पकाएर स्वस्थ खानेकुरा खाने । जसले रोगसँग लड्ने शक्ति दिन्छ । आवश्यक मात्रामा मसलाहरू खाने हो भने इम्यिुनिटी पावर अबस्य बढ्छ र इम्युनिटी पावर बढ्यो भने जुनसुकै रोगबाट पनि हामि सजिलै मुक्ति पाउन सक्छौ ।
के खायो भने इम्युनिटी पावर बढ्छ ?
- बेसार
- दालचिनी
- टिम्मुर,अदुवा
- मरिच, खोर्सानी
- जिरा, धनियाँ
- मेथी
- टुसा उमारेका खानेकुरा
- मह, कागती
- अमला, अम्बा
- फलफूल, दुध,दही, मोही, चिज
- माछा मासु र अण्डा राम्रोसँग पकाएर
विशेषतः यी माथि उल्लेख गरिएका अधिकांश खानेकुरा हाम्रो भान्छामै सर्बसुलभ रुपमा हुन्छन् । यी खानेकुरा नियमित खाने हो भने रोगसँग लड्ने प्रतिरोधात्मक क्षमताको बिकास हुन्छ । रोग लाग्नबाट जोगिन सकिन्छ भने रोग लागि हाले पनि माथि उल्लेखित खानेकुराले फाईदा पुर्याउछ ।
हाम्रो परम्परादेखिनै चलिआएको कुरा चिसो लागेमा अदुवापानी,कागतिपानि त्यसमा मह मिसाएर खाने गर्नाले पनि शरिरलाई फाईदा पुग्ने गर्छ । बेसारपानि अझ बिभिन्न जिरा,मरिच अदुवा लगाएत भान्सामा पाईने मसलाहरुलाई पकाएर काढाको रुपमा खादा चिसोबाट मुक्ती मिल्ने गर्छ । शरिरलाई फाईदा मिल्ने गर्छ ।
रोगबाट मुक्तीपाउन के के गर्ने ?
धूमपान, मद्यपान नगर्ने, नियमित ब्यायाम गर्ने, ध्यान योग गर्ने, समयमा सुत्ने, समयमै उठ्ने, सकारात्मक सोच्ने, तनाव नलिने, साबुनपानीले हात धुने बानि गरीयो भने रोग बाट बच्न स्वत सकिन्छ । रोग लागि गयो भने समयमै अस्पताल जाने र डाक्टरको सल्लाहाबिना आफुखुसि औसधि खान हुदैन । -एजेन्सीको सहयोगमा