कोरोना संक्रमण बढेसँगै हामीलाई आफ्नो शरीरमा अक्सिजनको स्तर के छ भनी चिन्ता बढेको छ । शरीरमा अक्सिजनको मात्रा कति छ भनेर जाँच्नका लागि बजारमा एक उपकरण उपलब्ध छ, अक्सिमिटर । यसलाई कसरी प्रयोग गर्ने र कहिले गर्ने र यसबारे भने जानकारी हुन जरुरी छ । यससँगै के पनि जरुरी छ भने के तपाईंले यसको प्रयोग सही रुपमा गरिरहनुभएको त छ ?
कसरी गर्ने ?
–अक्सिमिटरलाई दिनहुँ प्रयोग नगरौं ।
–यदि नेल पोलिस लगाउनुभएको छ भने त्यसलाई हटाउनुहोस् ।
–एउटै हातको औलामा मात्र नभई हातको अर्को औलामा पनि मीटर लगाएर जाँच गर्नुहोस् ।
–दुई तीन पटक परीक्षण गर्दा जुन सबैभन्दा बढी रिडिङ आउँछ, त्यसैलाई सही मान्नुहोस् ।
करिब ७ मिनेटसम्म हिँडडुल गरौं । यसपछि अक्सिमिटरको प्रयोग गरेर लेभल जाँचौं ।
–यदि हिँडडुल गरेपछि अक्सिमिटरमा अक्सिजनको लेभल चार प्रतिशतसम्म कम देखियो भने बाँकी परीक्षण जरुरी हुन्छ ।
–यदि हिँडडुलपछि लेभल ९४ माथि आउँछ भने , तपाईं ठीक हुनुहुन्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।