आइतबार, कार्तिक १६ २०८३
ताजा अपडेट

पशुपतिनाथको भरोसामा सिन्धुपाल्चोक, जिल्लाभर एउटा पनि आईसीयू शय्या छैन


  • बिहिबार, बैशाख २३ २०७८
12.7K
SHARES

फाइल तस्बिर

कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणले अहिले सिन्धुपाल्चोकलाई छोडेको छैन। काठमाण्डौ उपत्यका देखि नजिकैको जिल्ला भएको कारण पनि सिन्धुपाल्चोकमा कोरोनाको त्रास झनै धेरै हुनेनै भयो । सदरमुकाम चौतारामा रहेको अस्पतालमा आईसीयू र भेन्टिलेटरको सुविधा छैन । जिल्लाको वाह्रविसे, मेलम्ची र जलवीरेमा डाक्टर सहितको स्वास्थ्य केन्द्रहरु छन् तर त्यहाँ अक्सिजन सिलिण्डरसमेत छैन ।

चौतारा अस्पताल मा त सुबिधा छैन छैन, डाक्टरहरु नै रहेको मेलम्ची, वाह्रविसे र जलवीरेको स्वास्थ्य संस्थाहरुको अवस्था सदरमुकाम चौताराको अस्पतालभन्दा झनै नाजुक छ । , सामान्य रोगको उपचारमा समेत काठमाण्डौ झर्नु पर्ने स्थिति भए संगै कोरोनाको कहरका बिच कोरोना पोजेटिभ देखियो भने सामान्य अक्सिजन सिलिन्डर सम्म अस्पतालमा नहुनुले सिनधुपाल्चोकका कोरोना पोजेटीभहरु पशुपतिको शरण पर्नु बाहेक बिकल्प देखिदैन ।

एक वर्ष अघि कोरोना महामारी सुरु हुँदा वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल थिए । उनी सिन्धुपाल्चोकको चौतारा क्षेत्रकै जनप्रतिनिधि समेत हुन् । उनको कार्यकालमा पनि अस्पतालको अवस्था सुध्रिएन या उनले पहल गर्नै चाहेनन । अहिले उनकै क्षेत्रका मतदाता उपचार नपाएर बाटो बाटोमा नै मृत्युवरण गर्नु पर्ने स्थितिमा छन। त्यसले सिन्धुपाल्चोकका अस्पताललाई ब्यबस्थित गरि कमसेकम सामान्य अक्सिजन दिन सक्ने क्षमताका बनाउन सकेको खण्डमा यो माहामारीका बिच जनतालाई सास्ति हुने थिएन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा