आइतबार, कार्तिक १६ २०८३
ताजा अपडेट

सगरमाथा आधार शिविरमा १७ पर्वतारोहीमा कोरोना ‘संक्रमण’


  • बुधबार, बैशाख २२ २०७८
8.2K
SHARES

फाइल तस्बिर

सगरमाथा आधार शिविरमा १७ जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । उपचारका लागि काठमाडौं ल्याइएकामध्ये ती पर्वतारोही र भरियामा कोभिड संक्रमण पुष्टि भएको जनाइएको छ । काठमाडौंस्थित एक नीजि अस्पतालकी कर्मचारीले संक्रमण पुष्टि भएको उल्लेख गरेको समेत बीबीसीले जनाएको छ ।

आधार शिविरमा मेडिकल क्लिनिक संचालन गर्ने हिमालयन रेस्क्यु एसोसिएसनले त्यहाँबाट काठमाडौं ल्याइएका केही आरोहीमा कोभिड पुष्टि भएको सूचना आफूले प्राप्त गरेको समेत जनाइएको छ ।
हामीले भर्खरै सत्र जनामा संक्रमण पुष्टि भएको सूचना काठमाडौंबाट प्राप्त गरेका छौं’ उक्त एसोसिएसनका ल्हाक्पा नुरुले भने ।

आधार शिविरमा अवस्थित क्लिनिकका चिकित्सक डा‍‍. प्रकाश खरेलका अनुसार खोकी र ज्वरोजस्ता कोरोनाभाइरससँग मिल्ने लक्षण देखिँदा संक्रमितको संख्या बढिरहेको छ ।

‘लक्षण देखिएकालाई अलग राख्ने प्रयास गरेका छौं’ खरेलले भने । गतमहिना नर्वेका आरोही एर्लेन्ड नेसलाई संक्रमण पुष्टि भएको थियो र उनी अहिले निको भएर घर फर्किएका छन् ।

पहिले उनलाई लेक लागेको भनिएपनि काठमाडौंमा उपचार गर्दा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । पर्यटन विभागको वेबसाइटअनुसार यसपटक ३९४ जना सगरमाथा आरोहणका लागि अनुमति पाएका छन् ।

सगरमाथा आधार शिविरमा भएका पर्वतारोही र आरोहीले चाहिँ त्यहाँ कोरोनाभाइरस परीक्षण गर्ने सुविधा नहुँदा अप्ठेरो भएको बताएका छन् ।

तर पर्यटन मन्त्रालयको पर्वतारोहण शाखाले चाहिँ सगरमाथा आधार शिविरमा कोरोना फैलिएको भनेर भन्न नमिल्ने बताइन् । ‘म अहिले बेस क्याम्पमै छु । यहाँ अहिले शान्त र आनन्द छ’ पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यले भनिन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा