लुम्बिनीमा नेकपा एमालेका प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित डाँगीले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।
१९ गते एमाले संसदीय दलको बैठकमा अनुपस्थित डाँगीले राजीनामा पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै प्रदेश सरकारप्रति असन्तुष्टि जनाएका छन् ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेर दुई तिहाई बहुमतको बर्खिलाप, कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक प्रणाालीलाई नै तहसनहस गरेको, संविधान, विधि र प्रक्रियाको चिरहण गरेको र मुलुकलाई अस्थरतातर्फ धकेलेको उनले बताएका छन् । कपिपय प्रदेशमा गलत लोकतान्त्रिक संस्कृतिको सुरुवात भएको भन्दै उनले राजीनामा पत्रमा भनेका छन्, ‘उच्च रक्तचापको विरामी राजनीतिक खिचातानीबाट मुक्त भई आराम गर्न चाहन्छु ।’
डाँगीले कम्युनिस्ट आन्दोलन र बृहत वाममोर्चाको पक्षमा रहने प्रतिवद्धता समेत जनाएका छन् ।
आइतबार विहान मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेलले एकल बहुमतको सरकारमा दाबी गरेपछि एमालेका सांसदहरुले विद्रोह गरेका थिए । एमालेकै प्रदेशसभा सदस्यले दृगनारायण पाण्डेयले राजीनामा दिएका थिए भने तत्कालिन नेकपाबाट प्रदेशसभामा निर्वाचित बिमला वलीले माओवादी केन्द्र रोजेकी थिइन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।