आइतबार, कार्तिक १६ २०८३
ताजा अपडेट

सरकार ! दैनिक ज्यालादारीलाई के छ राहातको कार्यक्रम ?


  • बुधबार, बैशाख २२ २०७८
13.4K
SHARES

संकेतीक फोटो/ गुगलको साहायतामा

उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा लागु भएएको छ । निषेधाज्ञाको चपेटामा आम सर्बसाधारण पर्नेनै भए त्यसमाथि दैनिक ज्यालादारीमा गुजारा चलाउने मजदुरहरु झन पीडामा छन , काम गरौ काम छैन बन्दा बन्दी छ काम नगरौ माम छैन ।

सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्राधानमन्त्री केपी शर्मा ओलीले ‘महामारीको समयमा नागरिकहरूलाई भोकै मर्न दिइने छैन’ भनेका थिए । तर दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई  खाना सरकारले कँहा दिन्छ भन्ने थाहा छैन ।

खान नपाएर कोही नागरिक मरेको खबर आएको छैन र दैनिक ज्यालादारी गरेर खाने श्रमिकका लागि कुनै पनि सरकारले राहत कार्यक्रम घोषणा पनि गरेका छैनन् ।

संघ, प्रदेश र स्थानीय तीनै तहका सरकार मौन हुने अनि प्रधानमन्त्रीज्यूले महामारीको समयमा नागरिकहरूलाई भोकै मर्न दिइने छैन भन्ने मात्र, काम कुनै सरकारले नगर्ने हो भने दैनिक ज्यालादारीबाट गुजारा चलाउने हरुलाई खान खानै चिन्ताको बिषय बन्ने निस्चित छ ।

गत वर्षको लकडाउनमा विभिन्न राहत प्याकेज ल्याएको काठमाडौँ महानगरपालिका अहिले चुपचाप बसेको छ । महानगरका अधिकारीहरु भन्छन अहिले महानगरले राहत प्याकेजभन्दा पनि जनस्वास्थ्यलाई ध्यानमा राखेर काम गरिरहेको छ ।

अहिलेको मुख्य विषय स्वास्थ्य सुरक्षा भएकाले राहतको विषयमा कुनै निर्णय भएको छैन रे त्यसो हो भने प्रधानमन्त्री ज्यु ले उसै भन्नु भएको हो त माहामारीका बिचमा कोही पनि भोकै पर्नु पर्ने छैन भनेर ,भन्ने प्रस्न खडा भएको छ ।

ज्यालादारी गरेर गुजारा चलाउनेलाई दुई छाक खानै समस्या भएको छ यो निषेधाज्ञा बड्दै जानेहो भने हातमुख जोड्नलाई समस्या हुने निस्चित छ त्यसैले बेलैमा सरकारले राहतका कार्यक्र ल्याउन जरुरी देखिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा