चिकित्सकको सल्लाहबिना जथाभावी भिटामिन डीको प्रयोग गर्दा यसले हड्डी दुखाउनेदेखि मिर्गौला ड्यामेज गर्नेसम्मको असर गर्ने चिकित्सकले चेतावनी दिएका छन् ।
काठमाडौं उपत्यकाका अधिकांश औषधि पसलहरुमा अहिले सबैभन्दा बढी बिक्री हुने औषधि भनेको भिटामिन सी र भिटामिन डी हो । कोरोनासँग लड्न प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) बलियो बनाउने भन्दै अहिले भिटामिन सी र भिटामिन डीको अत्यधिक बिक्री, वितरण र प्रयोग भइरहेको छ ।
भिटामिन सी र भिटामिन डी दुबैले इम्युनिटी बढाउने भए पनि शरीरमा यसको मात्रा बढी भएको अवस्थामा यसले झनै घातक असर गर्ने चिकित्सकले चेतावनी दिएका छन् ।
शरीरमा भिटामिन सीको मात्रा बढी हुँदा दिसा–पिसाबबाट बाहिर जाने भएकाले केही असर नगर्ने तर भिटामिन डीको मात्रा बढी भएमा शरीरमा नै बसिरहने भएकाले यसले मिर्गौला बिगार्नेदेखि हड्डी दुखाउनेसम्म असर गर्ने चिकित्सकको भनाइ छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।