नेकपा (क्रान्तिकारी माओवादी) माहासचिब मोहन बैद्य किरणले एक बक्तब्य जारी गर्दै नेपालमा कम्युनिस्टको नाममा घोर प्रतिक्रियावादी सरकार सत्तासीन रहेको आरोप लगाएको छ ।
कार्ल मार्क्सको २०३ औँ जन्म दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले देशमा जनतन्त्र, जनजीविका तथा राष्ट्रिय स्वाधीनताका समस्या गम्भीर बन्दै गएको बताएका हु्न् । विज्ञप्तिमा भनिएको छ, ‘जताततै कोभिड–१९ महामारीले जनतालाई आक्रान्त बनाएको बेला कम्युनिस्ट नामधारी ओली सरकारले जनताको उपचार गर्न नसक्ने घोषणा गरेर आफ्नो प्रतिक्रियावादी सार अनुसारको रुप देखाएको छ ।’
आफूहरु प्रतिक्रियावाद र सबैखाले संशोधनवादसित सङ्घर्ष गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको स्थापना र साम्यवादको महान् उद्देश्य प्राप्तिका लागि अगाडि बढिरहेको बताउँदै किरणले मार्क्सले देखाएको युगान्तकारी परिवर्तनको बाटोमा दृढताका साथ अगाडि बढ्न सम्पूर्ण पार्टी पङ्क्ति तथा आम उत्पीडित जनतामा आह्वान समेत गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।