सांसदहरुको कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन सुरू गरिएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि ५ बजेसम्म दुई दिन स्वाब संकलन हुने संसद सचिवालयले जनाएको छ ।
सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षणका लागि आज स्वाब संकलन गरिने छ ।
भोलि संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिला पत्रकार, स्वकीय सचिवालयका कर्मचारीलगायतको स्वाब संकलन गरिने संसद सचिवालयले जनाएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।