शनिबार, साउन ९ २०८३
ताजा अपडेट

फाइनल पुग्ने दाउमा रियल र चेल्सी


  • बुधबार, बैशाख २२ २०७८
8.1K
SHARES

फाइल तस्बिर

युरोपियन च्याम्पियन्स लिगमा आज स्पेसिन क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब चेल्सीको सामना गर्दैछ । रियलले सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा चेल्सीको सामना गर्न लागेको हो ।

चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा हुने यो खेल नेपाली समयानुसार राति १२ः४५ बजे हुनेछ । यस खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै फाइनल पुग्ने दाउमा हुनेछन् । अघिल्लो लेगको खेल १-१ गोलको बराबरीमा सकिएका कारण यस खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ । पुनः बराबरी भएको खण्डमा अवे गोलका आधारमा उपाधि नजिक पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।

रियल र चेल्सीबीचको विजेता टोलीले उपाधिका लागि इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीसँग खेल्नेछ । सिटी पहिलो पटक युरोपको सर्वाधिक ठूलो फुबटल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।मङ्गलबार राति भएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी विरुद्धको दोस्रो लेगको खेलमा २–० गोल र समग्रमा ४–१ को नतिजासहित सिटी फाइनल पुगेको हो ।

आजको खेलमा रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानले स्टार खेलाडीहरूलाई मैदान उतार्ने छन् । यस खेलबाट कप्तान सर्जियो रामोस मैदान फर्किँदैछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा