आइतबार, कार्तिक १६ २०८३
ताजा अपडेट

जेठ २ मा नफर्किए सामूहिक राजीनामा दिन सक्ने : खनाल नेपाल समुह


  • मंगलबार, बैशाख २१ २०७८
12K
SHARES

फाईल तस्बिर

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिन सक्ने बताएका छन । ।

यसरी नै पेलेरै जाने नीति लिए सामूहिक राजीनामा दिने सन्देश प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको नेपाल पक्षीय नेताको जिकिर छ ।

संघ र प्रदेशमा समेत खनाल नेपाल पक्षले राजीनामा दिने हो भने सबैतिर एमालेको सरकार रहँदैन। त्यसको घाटा ओलीलाई नै ह्ने तर्क गर्छ खनाल नेपाल समुहका नेताहरु , समुहीक राजिनामा दिएको खण्डमा जनतामा जानपनि सहज हुने खनाल नेपाल पक्षको बुझाई छ ।
सामूहिक राजीनामा दिने चेतावनीसहितको सन्देश पठाए पनि अहिलेसम्म कुनै जवाफ नआएको स्रोत बताउछ।

ओली पक्षीय एक सांसदले नेपाल पक्षले फ्लोर क्रस,अनुपस्थित र राजीनामामध्ये एक रोज्न सक्ने बताए।

ुउनीहरूले हामीलाई सहयोग गर्छन् भन्ने लागेको छैन। उनीहरूले २०७५ जेठ २ मा फर्किनु पर्ने सर्त राखेका छन्। जुन पूरा गर्ने मनस्थितिमा प्रधानमन्त्री हुनुहुन्न, ती सांसदले भने,ुअहिले परिस्थिती धेरै अघि बढिसकेको छ। त्यसैले प्रधानमन्त्रीले धेरै पहल गर्नुहुन्छ जस्तो लाग्दैन। विश्वासको मत प्राप्त भए हुन्छ नभए हुँदैन भन्ने सोच प्रधानमन्त्रीले बनाइसक्नुभएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा