काठमाडौंका एक सहित विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । काठमाडौंको थापाथलीमा महोत्तरी घर भएका ५९ वर्षीय सीताराम महरा मृतावस्थामा फेला परेका छन् ।
यसैगरी मनाङको नासों गाउँपालिका-५ थोचेस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ५२ वर्षीय पुरुष पनि मृत अवस्थामा फेला परेका छन् । बैतडीको पाटन नगरपालिका-६ मालिकाखांनस्थित खोल्सामा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष पनि सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।