सोमबार, माघ २३ २०७९
ताजा अपडेट

शव वाहन र एम्बुलेन्स चाहियो ? यी नम्बरमा फोन गर्नुस्


  • KTM Khabar
  • मंगलबार, बैशाख २१ २०७८
9.4K
SHARES

कोभिड–१९ संकट व्‍यवस्थापन सञ्‍चालन केन्द्र, छाउनीले कोरोना संक्रमित र शव व्‍यवस्थापनका लागि अत्‍यावश्‍यक हटलाइन नम्बरहरु उपलब्ध गराएको छ ।

विश्‍वभर फैलिदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ संक्रमण र मृत्‍युदर बढ्‍दै गएपछि केन्द्रले एम्बुलेन्स र शव बाहनका लागि हटलाइन सेवा सुरु गरेको हो ।

केन्द्रका अनुसार एम्बुलेन्सको लागि १०२ र शव व्‍यवस्थापनको लागि ११४० नम्बरमा सम्पर्क गर्न सकिने छ । शव व्‍यवस्थापनमा खटिएका टीमको बारेमा जानकारी लिनुपरेमा १०५ मा सम्पर्क गर्न सकिने छ ।

शव व्‍यवस्थापनका लागि डेथ सर्टिफिकेट र कोभिड १९ पोजेटिभ रिपोर्ट [email protected] मा इमेल गर्नुपर्ने छ ।

अस्पतालमा मृत्‍यु भएकाको हकमा सम्बन्धित अस्पतालले सीसीएमसीलाई शव व्‍यवस्थापनको लागि अनुरोध गरेको पत्र र होम आइसोलेसनमा मृत्‍यु हुनेको हकमा स्थानीय पालिकाको सीसीएमसीलाई शव व्‍यवस्थापन लागि अनुरोध गरेको पत्र हुनु पर्ने केन्द्रले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको वेबसाइटमा राखिएको एम्बुलेन्सको रूट


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा