आइतबार, माघ २२ २०७९
ताजा अपडेट

मोरङ र सुनसरीमा थप ६ जना संक्रमितको मृत्यु


  • KTM Khabar
  • मंगलबार, बैशाख २१ २०७८
5.3K
SHARES

फाईल तस्बिर

मोरङ र सुनसरीमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेजमा चारजना तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र होम आइसोलेसनमा एक–एक जनाको मृत्यु भएको हो ।

नोबेलमा विराटनगर महानगरपालिका–१४ घर भएका ६२ वर्षीय वृद्धको बिहान २ बजे मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई सोमबार नोबेल अस्पताल भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

उनका अनुसार इलामको इलाम नगरपालिका–४ घर भएकी २९ वर्षीया महिलाको पनि मृत्यु भएको छ । परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि गत वैशाख १३ गते अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा बिहान ४:१५ बजे मृत्यु भएको हो ।

यस्तै सुनसरीको धरान उपमहानगरपालिका–८ का ७७ वर्षीया वृद्ध महिलाको नोबेलमै उपचारका क्रममा मृत्यु भएको छ । कोरोना सङ्क्रमित उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो ।

यसैगरी सप्तरी हनुमाननगर–कङ्कालीनी नगरपालिका–२ का ३५ वर्षीय पुरुषको पनि बिहान ५:४५ बजे मृत्यु भएको छ । उनको नोबेलमै उपचार भइरहेको थियो । कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो ।

यस्तै मोरङको बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको भने होम आइसोलेसनमा मृत्यु भएको छ । पूर्वप्रहरी सहायक निरीक्षक (असइ) रहेका उनको बिहान ४ बजे मृत्यु भएको हो । नोबेल अस्पतालमा वैशाख १६ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई होम आइसोलेसनमा लगेर राखिएको थियो ।

यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका ५० वर्षीय पुरुषको मृत्यु भएको छ । सप्तकोसी-१ सप्तरीका पुरुषमा वैशाख १३ गते कोरोना पोजेटिभ देखिएको थियो ।

उनलाई सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको थियो । प्रतिष्ठानमा उपचारका क्रममा मंगलबार बिहान सवा ५ बजे मृत्यु भएको अस्पतालका सहप्रवक्ता डाक्टर चुरामणि पोखरेलले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा