बुधबार, असार ९ २०७८
ताजा अपडेट

गाँजा भयानक मोडर्न डिजिज त बन्दै छैन ?


  • रवि भट्टराई
  • सोमबार, बैशाख २० २०७८
12.9K
SHARES

रबि भट्टराई / फाईल तस्बिर

उमेरले पचास नाघेका बाउ पुस्ताहरु पनि भगवानको बुटी भन्दै गाँजामा लिप्त छन् । यतिमात्र हैन भजनको नाममा उपत्यकाका विभिन्न मन्दिरहरुमा गाँजा तान्ने ठुलै जमात छ ।

नशा चाहे जुनसुकै प्रकारको होस् त्यो नशा नै हो । जसले शरिरलाई हानी पुर्याउछ । चाहे मान्छे चुरोट, रक्सि, गाँजा जुनसुकैको लतमा परोस, उसले आफुले सेवन गर्ने कुराको बचावट गर्ने गर्दछ । तर नशालु पदार्थको सेवनले अन्तत आफु र आफ्नो परिवारलाई नशाको दलदलले खरानी बनाई दिने कुरा बुझेर पनी बुझ पचाउदै दिनदिनै एउटा नयाँ पुस्ता गजडी बन्दैछ भने, अर्को बाबु पुस्ता भजनको नाममा त्यही गाँजा सेवन गर्न मन्दिर धाउने गर्दछ ।

युवामाझ गाँजाको बढ्दो प्रयोग बहुत चिन्ताजक र भयाबह बन्दैछ । टिनएज यूवा पुस्तामा माल, जी, सामान, बुटी जे भन्नुहोस्, यसले दिनदिनै डेरा जमाउदै छ । यस हिसाबले हेर्ने हो भने गाँजा आउने दिनमा यूवाहरुमा भयानक मोर्डन डिजिजको रुपमा भित्रने त हैन भन्ने सवाल उठ्नु स्वभाविक हो ।

अर्कोतर्फ यूवाहरु मात्र हैन उमेरले पचास नाघेका भनौ धर्म कर्ममा लागेका बुढाहरु पनि मन्दिरमा विभिन्न भजन गर्न जाने भन्दै गाँजामा लिप्त छन । उपत्यकामा पशुपती, गुह्येश्वरी तथा विभिन्न सय भन्दा बढी मठ मन्दिरहरुमा रामायण भजन बर्षौदेखी चल्दै आएका छन ती भजनहरु संस्कृतिक रुपमा राम्रा छन । त्यसको विरोध गरेको हैन तर भजनमा संलग्न हुने नाममा त्यहा ठुलै गजडीहरुको भेला हुने सत्य हो ।
सबै ठाउमा नहोला भजन टोलीले विधान नै बनाएर गाँजा खान नपाईनेसम्म निर्णय गरेर भजन सुचारु गरेका छन् भन्ने सुन्न पाईन्छ । तर गुह्येश्वरी, पशुपती लगायत मठ मन्दिरमा अधिकांश बुढाहरु निर्वाध रुपमा गाँजामा लिप्त हुन्छन । भजन सुरु भएसंगै एउटा टोली प्रसाद बनाउन खटिन्छ र त्यही प्रसाद बनाउने क्रममा गाँजा भर्ने र तान्ने काम हुन्छ । सबै भजन गर्नेहरु गजडी हुन भन्न खोजिएको हैन । असल भजन गाउने मान्छेहरु पनि हुन्छन् तर त्यो भजने टोलीमा एउटा टोलीको उद्देश्य भजन गाउँन तिर हैन मात्र गाँजा तान्ने हुने गर्छ । यसले कस्तो सन्देश दिदैँछ ?
कसैले भगवानको प्रसाद, कसैले दिमाग तेज चलाउने बुटी, कसैले क्यान्सरको ओखती त कसैले मनोरञ्जनको नाममा गाजा पिउने गरेको यूवाहरु बताउँछन ।

नेपाल यस्तो देश हो जहाँ पहिलेदेखि नै आयुर्वेदिकमा ओखतीको रुपमा गाँजाको प्रयोग भएको पाईन्छ । तर सन १९७० को दशकमा अमेरिकी दबाबमा गाँजा प्रतिवन्ध भयो । अहिले प्रतिवन्ध र खुलाएको विषयमा अक्कल झुक्कल बहस हुन थालेको छ । खुल्ला हुने र नहुने बहसको विषय होला । तर प्रतिवन्धित समयमा पनि गाँजा बजारमा छरपस्टै पाईन्छ र यूवा पुस्ताले यसलाई लतको रुपमा लिएर जीवनलाई बर्बादी तर्फ लैजादैँ छन । यो जटिल विषय हो । औषधीको रुपमा गाँजा प्रयोग हुनु राम्रो पक्ष हो तर नशाको रुपमा गाँजा फैलियो भने समाज कहाँ पुग्ने हो भन्न मुश्किल छ ।
यो पङ्तिकार लगभग अघिल्लो बर्षको लकडाउन पछी बजार खुलेको अबस्थामा ठमेलको हेर्दा सामान्य देखिने रेस्टुरेन्टमा बसेर चिया पिउदै थिए । संगैको टेवलमा ६ जना उमेरले उन्नाईस/विस जस्ता देखिने युवतीहरु कलेज ड्रेसमा थिए ।

सुरुमा त खासै वास्ता गर्ने कुरा भएन चिया नास्ता गर्न अएका होलान भन्ने लाग्यो । तर एकै छिन बस्दा गाँजाको गन्ध आयो । मैले त्यहा काम गर्ने भाईलाई सोधे गाजाको गन्ध कहा बाट आयो । छेउको एउटा भाईले भन्यो–सर छेउको कुना पट्टीको टेवलबाट । मैले फेरि सोधे उनीहरु त विद्यार्थी हुन त । उसले भन्यो–हो नी तर यहाँ कहिलेकाही मात्र आउछन् । एक दुई हजारको खर्च गर्छन् तर के गर्नु हरेकले गाँजा झोलाबाट निकालेर तान्छन अनी आफ्नो बाटो लाग्छन् । मन–मनै बेस्सरी गाली गर्दिउ जस्तो लाग्छ । के गरेको भनौँ भने उल्टै थर्काउलान् भन्ने डर छ । हेर्दा चटक्क छन ब्याग भिरेर कलेजबाट आएका होलान् । यस्तालाई प्रहरीले थुने पनि हुन्थ्यो भन्ने लाग्छ तर खै के गर्ने उनीहरु लुक्दै नपत्याउने पारामा गाँजा तान्छन । आक्कल झुक्कल आउछन् । महिनौ फेरी देखिदैनन् । आए भने झ्याल छेउको टेबुलमा बस्छन । गन्ध आउछ भनेर होला । त्यो कामदार भाईको कुरो सुनेर म अचम्ममा परे ।

चिया पिएर बाहिर निस्कन लाग्दै गर्दा ती बहिनीहरु पनि निस्किए । मलाई उनीहरुसंग कुरा गर्न मन लाग्यो । तर कसरी कुरा गर्ने । उनीहरु पुरै ग्रुपमा थिए । हेर्दा स्मार्ट देखिने तर पुरै झ्याप जस्तो पारामा गफिदै थिए ।

कोही कोहीले ट्याटु पनि खोपाएका थिए । मैले एक जनालाई चिने जस्तो लाग्यो बहिनी भने ती बहिनीले मैले त कहिल्यै देखेको छैन ? भनिन् । अब केही सहज भयो । उनीहरु त्यहाबाट निस्कने तरखरमा थिए । मलाई कहाँ देख्नु भयो ? भन्ने प्रश्न गरिन् ?, मैले पनि जोरपाटी तिर हो की भने । उनीहरुको गफ पहिल्यै सुनेको थिए कि उनीहरु बौद्ध तिरको कुरा गर्दै थिए । त्यस पछि कुरा मिलिहाल्यो । मैले उनीहरुको मनोविज्ञानलाई क्यास गर्न खोजे । बासना त राम्रो आयो, माल राम्रो रैछ जस्तो छ । मैले यसो भनेको मात्र थिए । हो त दाई ४ सयको हो दोलखाको साथीले ल्याई दिएको । तर तपाईले कसरी राम्रो भन्नु भयो । उनको अर्को साथीले किन बोल्छे भन्दै उसलाई आँखा सन्काई । उनले त्यसो भन्न नपाउदै मैले पनी भने–म पनि अनुभवी हुँ नी । अब त गफ मिल्ले नै भयो । उनीहरु गफै–गफमा एक छिन अडिए । र मैले परिचय गराँैन भने । उनीहरुले फटाफट परिचय दिए । पुरै नशामा थिए जस्तो आभास हुन्थ्यो । हुन पनि मेरै आखा अगाडी चुरोट तानेको देखेको थिए । परिचयको खुशीयालीमा कफी पिऊ है भनेर भन्दिए । उनीहरु राजी हुदैनन् भन्ने लागि रहेको थियो त्यही पनि भनी हाले । तर उनिहरुले सहज रुपमा लिए र भने हामीसंग पैसा नभएको र तपाईले पिलाउने भए पिउने कुरा दर्शाए । मैले पनि हुन्छ भने ।

उनीहरु मस्त गफिए । मैले पनि पहिला गाँजा सेवन गर्ने र छोडेको ५ बर्ष भएको कुरा उनीहरुलाई गफ लाईदिए । एक जाना रमा (नाम परिवर्तन) ले भनिन् दाई तपाईले कसरी छोड्नु भयो ? किन छोड्नु भएको भनेर सोधिन । मैले त्यतिकै भने । मलाई उनीहरु गाँजाको लतमा कसरी लागे भन्ने बुझ्नु थियो । उनीहरु कुरा खोल्दै गए म सोध्दै गए । उनिहरु काठमाण्डौको नाम चलेका स्कुलबाट पास आउट भएर कलेज पढ्दै रहेछन् । स्कुल उमेरबाट नै लतमा परेका उनीहरु लतबाट छुट्नु पर्छ भन्ने थाहा नभएको भने हैन रहेछ । तर छुट्न नै नसक्ने कुरा भन्दै थिए । गाँजा खाने ठाउँँ–ठाउँमा आफ्ना जक्सन र ग्रुपहरु हुने । खान परेपछि जस्तो सुकै अबस्थामा पनि पैसाको व्यबस्थापन हुने कुरा भन्दै थिए ।

उनीहरुको गाँजाको लतमा परेका ५० भन्दा बढी साथी रहेको र यो त हाम्रो सानो ग्रुप हो भन्नसम्म भ्याए । यस्तो मस्ती गर्ने काठमाण्डौ शहरमा धेरै छन । कसैले छाडे होला तर अधिकांशले यो छाड्न सक्दैनन् उनीहरुले भने । यस विषयमा म अनविज्ञलाई बडो अचम्म लागि रहेको थियो । त्यतिकैमा उनीहरु हतार भएको भन्दै यो पङ्क्तिकारलाई कफीको लागि धन्यबाद भन्दै निस्किए । निस्किने बेलामा मैले फोन नम्वर मागे तर उनीहरुले दिन मानेनन् अझ यो दाई र्त कब्स’ हो की क्या हो ? भन्दै हामिले त नाम पनि गलत भन्दिएको भन्दै खित्का छाड्दै बाहिरिए ।
मेरो दिमागलाई झड्का दिएर ती युवतीहरु हिडिसकेका थिए । मनमनै सोचे कस्तो अचम्म । घरमा आए खासै कुरो उनीहरुले भने जस्तै गाँजा खाएर मस्ति गर्ने काठमाण्डौमा धेरै नै छन् त ? भन्ने प्रश्न खड्कि रह्यो ।

त्यतिकैमा म बस्ने टोलमा त्यस्तै हल्लिएर हिड्ने भाईहरु देखिरहन्थे । उनीहरुले पनि मलाई देख्थे तर बोलचाल थिएन । मलाई कुरा गर्न मन लाग्यो । किनभने मलाई साच्चै गाजाँको दलदलमा युवाहरु लागेकै हुन त भन्ने प्रश्न गहिरो गरि दिमागमा गडाएर ती बहिनीहरु गएका थिए । नभन्दै एक जना देखि रहने भाईलाई ठट्यौली पारामा भई सामान पाईदैन ? भनेर प्याट्ट सोधे । कस्तो सामान हो दाई ?, सेतो हो भन्यो । मैले त बुझ्दै बुझिन के भन्यो भन्यो । हैन हैन गाँजा छैन भनेर सोधे अनकानाएर कुरा गर्यो । दाई पनि नजिस्काउनु न भन्यो । जिस्किएको हैन भने । खै के सोच्यो उसले पाइन्छ भन्यो । तर पकेटको ४०० पर्छ भन्यो । कसले बेच्छ भनेर सोधे ? त्यो त मलाई थाहा छैन तर केटाहरुले कहाँबाट ल्याउछन् हामी त केटाहरुसंग किन्छौँ । बडो अचम्ममा परे । फेरी सोधे कसले बेच्छ गाजाँ ? साथीहरुले कहाँबाट ल्याउछन् त्यो त म भन्न सक्दिन चाहिन्छ भने पैसा दिनुस् म ल्याईदिन्छु । उसले भन्यो–दाई जस्तो सरिफ मान्छे पनि गाजाँ खाने ? नलाग्नुस् तान्न थाले पछि छाड्न नसकिने रहेछ । गजडीहरुको समुह धेरै छ । पैसा नभए पनि जोहो गरेर तान्ने गर्छन केटाहरु भन्दै उ हिड्यो । उसलाई राम्रोसंग चिनेको हैन । फेरी यो विषयमा सोधौ भनेर लगातार त्यो चिया पसलमा धाए तर त्यो भाई देखा परेन । त्यही भेटमा भन्न भ्याएको थियो ठुलो समुह छ गाँजा तान्ने केटाहरु धैरै छन् भनेर । मनमा लाग्यो मैले भेटेका गजडी बहिनीहरुले भने जस्तै ठुलै समुह रहेछ भन्ने सोचेँ ।

माथी मैले प्रस्तुत गरेको प्रतिनिधि घटना मात्र हुन । खोजी नै गर्ने हो भने अन्य धेरै भेटिन सक्लान तर लागुऔषत गाँजा खाने गजडीहरु मैले मन्दिरमा चल्ने भजनहरुमा साईडमा बसेर बुटी भन्दै तानेको आफ्नै आँखाले देखेको थिए तर युवा पुस्तामा पनि भयाबह रहेछ गाँजाको भन्ने माथी उल्लेखित प्रतिनिधि घटनाले प्रष्ट हुदैछु । त्यसैले हरेक अभिभावकले सचेत हुन जरुरी ठानेको छु । कतै तपाई हाम्रै बच्चाहरु पनि गाँजाको नशामा डुबेका त छैनन ? त्यसैले आजबाट नै सचेत बनौँ ताकी युवा पुस्ताहरु लागुऔषतको लतमा नपरुन । गाँजा निसन्देह औसधी हो । यसबाट बिभिन्न औषधी बनाउन सकिएला । यसमा बिमत्ती हैन तर युवाहरुले यसलाई नशाको रुपमा सेवन गरेर आफ्नो जीवन बर्बादीतर्फ लागे भने समाजले ठुलो मुल्य चुकाउनु पर्छ । त्यसैले आजबाट नै सचेत बनौ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा