सरकारले आगामी बुधबारबाट सबै अन्तराष्ट्रिय उडानपनि बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषद्को बैठकले कोरोना संक्रमणको दोस्रो लहरलाई नियन्त्रण गर्न सबै अन्तराष्ट्रिय उडान बन्द गर्ने भएको हो ।
सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्ले आगामी २२ गतेदेखि नै अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय भएको जानकारी दिए ।
कोरोना भाइरस संक्रमणदरले दिनानुदिन नयाँ रेकर्ड कायम गरेको अवस्थामा त्यसलाई रोक्न सरकारले यस्तो कदम चाल्नुपरेको उनको भनाई ।
त्यस्तै २० गते अर्थात आज राति १२ बजेबाटै लागुहुने गरी आन्तरीक उडानमा समेत रोक लगाइसकेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।