शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

यस्तै अवस्थामा चुनावमा जाँदा जनताले लखेट्छ त्यसैले सांसद पद त्यागेँ : पाण्डेय


  • आइतबार, बैशाख १९ २०७८
18.8K
SHARES

फाईल तस्बिर

कपिलवस्तु–२ (१) का सांसद दृगनारायण पाण्डेयले जनताको बीचमा जानै नसक्ने अवस्था आएकाले पदबाट राजीनामा दिएको बताएका छन् ।

एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकमा आइतबार विहान सहभागी भएका पाण्डेयले एमाले पार्टी र सांसद पदबाट राजीनामा दिएका छन् ।

आफ्नो पार्टी र प्रदेशसभा सदस्य पदबाट राजीनामा गरेको छु । तर जनताको चाहना अनुसार राजनीतिमै रहन्छु’, पाण्डेयले भने । जनता कोरोना महामारीमा पिल्सिरहेका बेला सत्ता बनाउने र गिराउने खेल हुँदा पदमा रहिरहन उपयुक्त नदेखेको पनि उनले बताए ।

पार्टीको घोषणापत्रमा गरेको वाचा अनुसार काम हुन सकेन । यस्तै अवस्थामा चुनावमा जाँदा त जनताले लखेट्छ’, पाण्डेयले भने । त्यसैले पदमा बसिरहन उपयुक्त नठानेको पनि उनले बताए । अब प्रदेश सरकार बनाउने र गिराउने खेलमा आफू नरहेको पनि पाण्डेयको प्रष्ट पारे ।

‘बहुमत र अल्पमत जसुकैको होस् मतलव भएन’, उनले भने । तर जनतासँग जोडिएर बस्ने पाण्डेयले बताए । पाण्डेय नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा