बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

सर्वोच्चले विशेष अदालतसँग माग्यो दीप बस्न्यातलाई थुनामा राख्नुको कारण


  • आइतबार, बैशाख १९ २०७८
8.5K
SHARES

फाईल तस्बिर

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वसचिव दीप बस्न्यातलाई थुनामा राख्नुपर्नाको कारण माग गरेको छ ।

बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले ३ दिनभित्र लिखित जवाफ दिन विशेष अदालतलाई आदेश दिएको हो ।

सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो आदेश जारी हुन नपर्ने मनासिब आधार, कारण र प्रमाण भए खुलाई बाटोको म्यादबाहेक ३ दिनभित्र पेश गर्न भनी आदेश दिएको हो ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गर्नमा संलग्नता रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

तर बस्न्यातले उक्त घटनामा आफ्नो संलग्नता नरहेको र हाल आफू कोरोना संक्रमित भएको र मुटुको रोगी पनि रहेको भन्दै रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा