लुम्बिनी प्रदेश सांसद विमलाकुमार खत्री नेकपा नेकपा माओवादीमा प्रवेश गरेकी छिन् । माओवादीमा उनको प्रवेशसँगै एमाले नेतृत्वमा एकल बहुमतको सरकार बनाउने मुख्यमन्त्री शंकर पोखरेलको योजनामा चुनौती थपिएको छ ।
यो सँगै १६८ को १ अनुसार बहुमत प्राप्त दलको हैसियतले सरकार बनाउने बाटो मुख्यमन्त्री पोखरेलका लागि असहज भएको हो ।
उनी नेकपा रहँदै दाङबाट प्रदेशसभा ३ (ख) बाट उपचुनाव जितेकी थिइन् । सवारी दुर्घटनामा पति उत्तरकुमार वलीको निधन भएपछि उक्त क्षेत्रमा उनी उपचुनाव लडेर विजयी भएकी हुन् ।
सर्वोच्चले नेकपा खारेज गरेपछि उनले माओवादी केन्द्र रोजेकी हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।