मानिसले दालचिनीको चिया खाने गरेको देख्नु भएकै होला। यो स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ।
यो एक प्रकारको डिटक्स ड्रिंक पनि हो, जसले शरीरको तौल कम गर्न मद्दत गर्दछ। विशेषज्ञका अनुसार दालचिनीको चिया बिहान खाली पेटमा सेवन गर्दा शरीरलाई फाइदा गर्छ। दालचिनी चिया विभिन्न तरिकाले बनाउन सकिन्छ। केही तरिकाहरु यहाँ प्रस्तुत गरिएका छन्ः
– सबैभन्दा पहिले कुनै भाँडोमा पानी राख्ने। पानी दालचिनी र तुलसीको केही पात राख्ने।
– पानीलाई मध्यम आगोमा पाँचदेखि ६ मिनेटसम्म उमाल्ने। उक्त पानीलाई ढाकेर राख्ने।
– पानीलाई त्यो बेलासम्म उमाल्नुपर्छ, जबसम्म पानी सुकेर आधार हुँदैन।
– उक्त पानी गिलासमा राखेर स्वाद अनुसार कागतीको रस मिलाउने।
– स्वादको लागि पानीमा एक चम्चा मह पनि मिसाउन सकिन्छ। त्यसपछि दालचिनी चिया तयार हुन्छ ।
एजेन्सीको सहयोगमा
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।